वार्षिक कार्ययोजनाबारे एमाले सचिवालय बैठक बस्दै

सफल खबर संवाददाता

शुक्रबार, २८ भदौ २०८१, ०८ : ०१
वार्षिक कार्ययोजनाबारे एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा मध्याह्न १२ बजे बस्नेछ ।

बैठकले एक वर्षे कार्ययोजना पारित गर्ने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए । 

यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले  ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको थियो । 

प्रतिक्रिया दिनुहोस