काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।
एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल हुनेछ ।
बैठकले समसामयिक राजनीतिक विषय तथा आगामी केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तय गर्नेछ ।
एमालेले यही पुस २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । तर औपचारिक घोषणा भने गरेको छैन । यसअघि एमाले केन्द्रीय कमिटीको बैठक गत असारमा बसेको थियो । एमाले विधानअनुसार केन्द्रीय कमिटी बैठक प्रत्येक ६ महिनामा बस्नुपर्ने प्रावधान छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० पुस २०८१, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहमतिका नाममा ३ घन्टा पर धकेलियो एमाले मोरङको चुनाव
एमाले सचिवालय बैठक बस्दै
एमालेसँग ७ करोड बचत, कांग्रेस साँढे दुई करोड घाटामा
अध्यादेश अघि नबढेपछि एमालेले बोलायो सचिवालय बैठक
कांग्रेस-एमालेमा महाधिवेशन : देउवा पछि धकेल्ने, ओली अघि सार्ने योजनामा
एमाले महासचिव र रुसी कुटनैतिक अधिकारीबीच भेट