काठमाडौँ । काजकिस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ ।
बाकुबाट रुसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै गरेको ६७ जना सवार अजरबैजान एयरलाइन्सको विमान बुधबार दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको हो । दुई बच्चासहित २९ जनाको जीवितै उद्धार गरिएको छ । तीमध्ये ११ जनाको अवस्था गम्भीर रहेको काजकिस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेभले जानकारी दिएका छन् ।
उडिरहेको विमानमा आगो लागेर दुर्घटना भएको बताइएको छ । सो विमानमा ६२ यात्रु र ५ जना चालक दलका सदस्य थिए । दुर्घटनास्थलबाट संकलन गरिएका शव जलेकाले चिन्न सकिने अवस्थामा छैनन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ११ पुस २०८१, ११ : ०३
लेखकबाट थप