काठमाडौं। पूर्वमन्त्री एवं नेता वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेशका सन्दर्भमा पूर्वप्रधानमन्त्री एवं अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् । सोमबार एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल र गौतमबिच भेट भएको हो ।
भेटका क्रममा पुराना संस्मरणहरु पुनःजीवित गरेको नेता गौतमले बताए । उनले नयाँ पाइला सँगै अघि बढाउनेबारेमा पनि छलफल भएको बताए ।
उनले भने, ‘पुराना पुराना संस्मरणहरु पुनःजीवित गरियो । नयाँ आकाशतिर फेरि हिँड्नुपर्छ भन्नेकुरा भयो । आजलाई स्थगित भयो । पार्टीमा आउने सम्भावना छँदैछ ।’
गौतमले एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना जीवितै रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ पुस २०८१, १६ : २८
लेखकबाट थप