पाँच जिल्लाका सीडीओ फेरिए, काठमाडौंमा आचार्य

सफल खबर संवाददाता

बुधबार, २६ भदौ २०८१, ०८ : ४३
पाँच जिल्लाका सीडीओ फेरिए, काठमाडौंमा आचार्य

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंसहित केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ ।

काठमाडौंको सीडीओमा जयनारायण आचार्यलाई पठाइएको गृह मन्त्रालयले जनाएको छ । आचार्य यसअघि कारागार व्यवस्था विभागको महानिर्देशक थिए ।

यसैगरी सिन्धुपाल्चोकमा किरण थापालाई पठाइएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार  सिन्धुलीमा लिलाप्रसाद शर्मा, अर्घाखाँचीमा बाबुराम अर्याल र प्युठानमा रमा आचार्य सुवेदीलाई सीडीओ बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस