टोकियो । जापानको एक धार्मिकस्थलमा यौनक्रिलाप गरेको आरोप अस्ट्रियाका एक जना ६१ वर्षीय पुरुष पक्राउ परेका छन् । सीएनएनका अनुसार ती वृद्ध जापानकी ४० वर्षीया महिलासँग यौन क्रियाकलाप गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
उनीहरूलाई टोकियोभन्दा ५ सय किलोमिटर टाढा रहेको सानो सहर केसेनुमाको एक धार्मिकस्थलबाट गत अगस्त २२ मात्र पक्राउ गरिएको थियो । ती पुरुष भाग्न सक्ने भएकाले प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । भाग्ने डर नभएकाले महिलालाई भने पक्राउ गरिएन ।
उनी हिरासतबाट रिहा भइसकेका छन् । तर, उनलाई के–कस्तो कारबाही गरियो भन्ने चाहिँ खुलाइएन । साथै, उनी त्यहाँ नै बस्थे वा पर्यटक थिए भन्ने पनि जानकारी दिइएको छैन । यस्तो अपराधका लागि कसैलाई देश निकाला नगरिने तथा जरिवाना भने हुने स्थानीय प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० भदौ २०८१, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौता
जापानमा ताइफुनका कारण मर्नेको सङ्ख्या ६ पुग्यो
जुलाईमा जापानको बेरोजगार दरमा सामान्य वृद्धि
ताइफुका कारण जापानमा एकै परिवारको तीन जनाको मृत्यु
चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश
जापानमा शक्तिशाली चक्रवातः हवाई र रेल सेवा अवरुद्ध