मन्त्री पाण्डेसँग नेपालका लागि कतारका राजदूत अन्सारीद्वारा भेट

सफल खबर संवाददाता

मंगलबार, १८ भदौ २०८१, १३ : १६
मन्त्री पाण्डेसँग नेपालका लागि कतारका राजदूत अन्सारीद्वारा भेट

काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री प्रसाद पाण्डेसँग नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अली अल अन्सारीले शिष्टाचार भेटवार्ता भएको छ । मन्त्री पाण्डे र राजदूत अन्सारीसहितको भेटवार्ताका क्रममा द्विपक्षीय हितका बारेमा छलफल भएको हो । 

मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबिचको संस्कृति,पर्यटन क्षेत्रको विकास र समृद्धिका बारेमा छलफल भएको थियो । छलफलका क्रममा विश्वकै उत्कृष्ट भनिएको कतार एयरयोजले अवलम्बन गरेका रणनीति र नेपाल एयरलाइन्सले अनुसरण गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो । 

द्विपक्षीय भेटघाटका क्रममा परराष्ट मन्त्रालयका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस