गृह मन्त्री र एनडीएसीका प्रतिनिधिबीच भेट

सफल खबर संवाददाता

सोमबार, १७ भदौ २०८१, १९ : २०
गृह मन्त्री र एनडीएसीका प्रतिनिधिबीच भेट

काठमाडौँ । गृह मन्त्री रमेश लेखकसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडीसी) का शिक्षार्थीहरूको प्रतिनिधिमण्डलले सोमबार भेट गरेको छ ।

सिंहदरवारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतका सुरक्षा निकायबीच सीमा सुरक्षा, लागूऔषध नियन्त्रण र मानव बेचबिखन नियन्त्रणमा थप सहकार्य हुनुपर्नेमा जोड दिए । भेटका अवसरमा कलेजका प्रतिनिधि सन्दीप एस सन्दु लगायत शिक्षार्थीहरूको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस