काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले, विकासोन्मुख मुलुकका सहरहरूलाई व्यवस्थापन गर्ने चुनौतीपूर्ण काममा महानगर प्रहरी बलले अनुकरण योग्य काम गरेको धारणा राखेका छन् ।
३२ औँ महानगर प्रहरी दिवसका अवसरमा बोल्दै उनले विकासले विनाश गरेको प्रकृतिलाई पुनः स्थापनामा प्रहरीको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे । ‘अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गराउने, पुरिएको तथा छोपिएको नदीलाई खुला गराउने, सडक व्यापारलाई निषेध गर्ने, सडक सहयोगापेक्षी मानव व्यवस्थापन, सुन्दरता जस्ता क्षेत्रमा महानगर प्रहरी बलले गरेका काम, देश र दक्षिण एसियाली मुलुकहरूकै लागि सिकाइ बनेको छ ।’ प्रमुख शाहले धारणा राखे ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले प्रहरीले गर्ने कामका विषयमा नागरिकलाई जानकारी दिन सकियो भने आपसी सम्बन्धमा रहेर काम गर्न सकिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ भदौ २०८१, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरले आजदेखि खाद्य गुणस्तर परीक्षण गर्ने
काठमाडौँ महानगरले कवाड संकलन केन्द्रमा चलायो डोजर
बालेनका स्वकीय सचिव र महानगर प्रहरी प्रमुख पाण्डेलाई कारवाही गर्न माग
एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र
काठमाडौं महानगरले आवासीय क्षेत्रका कवाडी व्यवसाय दर्ता/नवीकरण नगर्ने
काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने