सभामुखको निर्देशनपछि पनि संसदमा योगेशले भने– मान्छे मार्ने, गोली ठोक्ने काम हिंसा नै हो

सफल खबर संवाददाता

बुधबार, १२ भदौ २०८१, १५ : १८
सभामुखको निर्देशनपछि पनि संसदमा योगेशले भने– मान्छे मार्ने, गोली ठोक्ने काम हिंसा नै हो

काठमाडौं। माओवादी सशस्त्र संघर्षलाई नेकपा (एमाले)का सांसदले ‘हिंसा’ भनेपछि प्रतिनिधिसभामा लामो भनाभन भएको छ । बुधवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने क्रममा एमाले सचिव योगेश भट्टराईले ‘माओवादी हिंसा’ भनेका थिए । 

नेकपा (माओवादी केन्द्र)का सांसदले आपत्ति जनाएपछि सभामुख देवराज घिमिरेले संसदमा उठेको ‘हिंसा’ भन्ने अभिव्यक्तिबारे छानबिन गरेर निर्णय गर्न सचिवालयलाई निर्देशन दिए । सभामुखको रुलिङपछि पनि भट्टराईले माओवादी आन्दोलन हिंसा नै भएको बताए ।

 

 

 

‘राजनीतिक प्रतिबद्धतामा के छानबिन हुन्छ ? हामीले लिएको सिद्धान्तमा के छानबिन हुन्छ ?’, उनले भने, ‘विद्युतको ट्रान्समिसन पड्काउनु, मान्छे मार्नु, गोली ठोक्नु, प्रहरी चौकी आक्रमण गर्नु र सामान्य मान्छेलाई आतंकित बनाउनु सबै हिंसा हो ।

भट्टराईले सभामुखको रुलिङ उल्लंघन गरेको भन्दै माओवादीका सचेतक हितराज पाण्डेले आपत्ति जनाए । 

 

प्रतिक्रिया दिनुहोस