निर्यातभन्दा दोब्बरको पेट्रोलियम पदार्थ आयात

सफल खबर संवाददाता

मंगलबार, ११ भदौ २०८१, ०७ : ३९
निर्यातभन्दा दोब्बरको पेट्रोलियम पदार्थ आयात

काठमाडौ ।  चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालले निर्यात गरेर प्राप्त गरेको आम्दानीभन्दा दोब्बर बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार साउनमा २१ अर्ब ६६ करोड ९० लाख ४९ हजार रुपियाँ बराबरको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन, खाना पकाउने ग्यास) आयात भएको छ । जबकि साउनमा नेपालले करिब १२ अर्ब रुपियाँको मात्रै वस्तु निर्यात गरेको छ । 

निर्यातको तुलनामा पेट्रोलियम पदार्थको आयात बढी देखिए पनि समग्रमा पेट्रोलियम आयात भने घटेको छ । विभागका अनुसार गत साउनको तुलनामा नेपालले करिब ३० करोड रुपियाँभन्दा कम पेट्रोलियम आयात गरेको छ । गत साउनमा नेपालले २१ अर्ब ९८ करोड रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको थियो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस