इस्लामावाद । पाकिस्तानमा भएका सडक दुर्घटनामा ३५ जनाको ज्यान गएको छ । दुई छुट्टाछुट्टै दुर्घटनामा सो संख्यामा मृत्यु भएको हो । उत्तरी पाकिस्तानमा एउटा बस भिरबाट खस्दा कम्तीमा २३ जनाको मृत्यु भएको छ ।
अधिकारीहरूका अनुसार यो घटना पाकिस्तान प्रशासित कश्मीर र पञ्जाब प्रान्तको सिमानामा रहेको आजाद पत्तन सहर नजिक भएको हो । बसमा चालकसहित २३ जना सवार थिए । बसमा १९ जना पुरुष, तीन महिला र एक बच्चा सवार रहेको बीबीसीको उर्दू सेवासँग कुरा गर्दै पुन्छका उपायुक्त सरदार वाहिदले भनेका छन् ।
उनका अनुसार सबैको घटनास्थलमै मृत्यु भएको हो । दक्षिणपश्चिम पाकिस्तानमा भएको अर्काे दुर्घटनामा इरानबाट धार्मिक तीर्थयात्राबाट फर्केका १२ जनाको मक्रन तटीय राजमार्गमा दुर्घटनामा परी मृत्यु भएको छ । बसको ब्रेक फेल भएर चालकले नियन्त्रण गुमाएपछि बस पल्टिएको थियो ।
यी दुई दुर्घटनाको केही दिनअघि आइतबार छिमेकी राष्ट्र इरानमा बस दुर्घटनामा ८ पाकिस्तानी तीर्थयात्रीको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ भदौ २०८१, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानका सोहेब मक्सुद जनकपुर बोल्ट्सबाट एलपीएल खेल्ने
पाकिस्तानले जित्यो अस्ट्रेलियासँगको ओडिआई सिरिज
पाकिस्तानले बढायो सेना प्रमुखको कार्यकाल सीमा
पाकिस्तानको दक्षिण-पश्चिम क्षेत्रमा बम बिष्फोट : १३ जनाको मृत्यु, २५ घाइते
वायु प्रदूषणका कारण पाकिस्तानमा लकडाउन
पाकिस्तानका प्रशिक्षक ग्यारी किर्स्टेनको राजीनामा