एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्छौँ: मन्त्री भण्डारी

सफल खबर संवाददाता

आइतबार, ०९ भदौ २०८१, १२ : ००
एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्छौँ: मन्त्री भण्डारी

काठमाडौँ ।  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्ने बताएका छन् ।

आज वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ता अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले कृत्रिम अभावलगायतका मूल्य समायोजनका वस्तुहरूमा प्रभाव परेकाले उपभोक्ता अदालत  गठन गर्नुपर्ने बताएका हुन् ।

उनले  भने, ‘अहिलेको उत्पादन कति  छ ? स्टक कति  ? उपभोक्ताहरूले त्यसको डाटा दिनुपर्ने छ  । मन्त्रालयले डाटा ल्याउन चाँडै माग गर्नेछ । ड्युटी घटाउन परेपनि  घटाउँछौँ, तर  सरकारले  आव्हान  गरेका कार्यक्रममा चिनी उत्पादन सङ्घलाई सरकार नै  चाहिन्छ ।

त्यसैले आपूर्ति शृङ्खलामा रहेका समस्यालाई सम्बोधन गर्न सरकार तयार  छ । अनुगमन गर्नकै लागि एक महिनाभित्र उपभोक्ता अदालत  गठन हुनेछ ।

साथै उनले उपभोक्ता शृङ्खलाको चुनौती राज्यको नियन्त्रणमा नरहेको उल्लेख गरे ।  उनले उत्पादनमूलक वस्तुहरू मुलुकमा उत्पादन गर्न नसकेको र खुला सीमाका कारण उपभोक्ता शृङ्खलाको चुनौती बढेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस