काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालका सबै नदीहरूलाई जोगाएर राख्नुपर्ने बताएका छन् ।शनिबार बागमती रिभर फेस्टिभल २०२४ महाजल यात्रालाई सम्बोधन गर्दै उनले नदी संस्कृतिसँग पनि जोडिएकोले बचाएर राख्नुपर्ने धारणा राखेका हुन् ।
उनले भने, ‘खास गरेर नेपालका नदीहरूलाई जोगाएर राख्नुपर्छ । नदी हाम्रो धर्म, संस्कृतिसँग पनि मेल खाएको हुन्छ । जहाँ नदीहरू सरर बगेको हुन्छ त्यहाँ संस्कृति पनि त्यहीँ अनुसार बगेको हुन्छ । बागमती सभ्यताको जुन सवाल र अवस्था छ, यसमा सबै मिलेर काम गर्नुपर्छ ।
साथै उनले बागमती राजधानीको मात्र नभएर देशकै सम्पत्ति भएको उल्लेख गरे । उनले विभिन्न कालखण्डमा सहरीकरणका कारण तीव्र गतिले बागमती सभ्यता बिग्रेको जिकिर गरे ।
उनले भने, ‘बागमती राजधानीको मात्र नभई देशकै गहना भएकाले बचाउन जरुरी छ । विभिन्न कालखण्डमा सहरीकरणका कारण बागमतीको सभ्यता बिग्रियो । बागमतीको पानीको जुन फ्लोर छ वर्षायाममा मात्र देख्ने गरिन्छ । वर्षायाम सकिएपछि बागमती दुर्गन्धित तरिकाले बगिरहेको हुन्छ । यसमा पनि धेरै काम गर्नुपर्ने देखिन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ भदौ २०८१, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमै अध्ययन गरी देश निर्माणमा लागौँ : उपप्रधानमन्त्री सिंह
काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौं : उपप्रधानमन्त्री सिंह
केही भएन र गरेन भन्ने तर काम सुरु गरेपछि विरोध गर्ने ? : उपप्रधानमन्त्री सिंह
बिचमै सरकार ढाल्ने र बन्ने खेल नहुने आशा जाग्यो : सिंह
पीएल सिंहको कन्भिन्सिङ पावर मोडललाई सबैले सिक्नुपर्छ : प्रकाशमान सिंह
राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्त्वपूर्ण हुन्छ : उपप्रधानमन्त्री सिंह