चितवन। चितवनको स्याङ्दी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।इच्छाकामना गाउँपालिका– ७ स्थित सिमलढाप र बाघखोर जोड्ने स्याङ्दी खोलामा झोलुङ्गे पुल निर्माण गरिएको हो । पुलको शुक्रबार गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले उद्घाटन गरेका हुन् ।
सो अवसरमा उनले पुल निर्माणपछि बर्खाको समयमा बाढीका कारण आवतजावत गर्न नपाउने अवस्थाको अन्त्य भएको बताए । 'पुल निर्माणपछि यहाँका नागरिक अब निकै लाभान्वित हुनेछन्,' उनले भने, 'धेरै वर्षअघि निर्माण हुनुपर्ने पुल हाम्रो कार्यकालमा निर्माण भएको छ ।
उनले पुल निर्माणपछि वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयमा आवतजावत गर्नका लागि यहाँका बासिन्दालाई सहज हुने बताए ।अध्यक्ष गुरुङले समयमै पुल निर्माण सम्पन्न गर्न खटिने उपभोक्ता समिति र स्थानीयलाई धन्यवाद दिए ।
पालिकाले नागरिकका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको भन्दै उनले यस वर्ष पनि सबै योजना समयमै निर्माण सम्पन्न गरिने बताए ।उनले गाउँघरमा भएका विकास निर्माणका काममा अनुगमन र खबरदारी गरिरहन स्थानीयलाई अनुरोध गरे ।
पुल निर्माणपछि सिमलढाप, पिपलटार, बाघखोर, लोसे, स्याङ्दी, सुन्दरबस्ती र गर्दासका नागरिक लाभान्वित भएका छन् ।एक सय २० मिटर लामो पुल गाउँपालिका र पीटीएपी बागमती प्रदेशको लगानीमा निर्माण भएको हो ।
पुल निर्माणका लागि रु एक करोड छ लाख ९७ हजार बजेट विनियोजन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ भदौ २०८१, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित
झोलुङ्गे पुल सञ्चालनमा, स्वरोजगार बन्दै स्थानीय
देवघाटको झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिममा
रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण
लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
सरकारले सय दिनमा सम्पन्न गर्यो २६ वटा प्रशासकीय भवन, ४० वटा झोलुङ्गे पुल