काठमाडौ । नेपालमा चिकित्सकले नै रोजगारी पाउन कठिन देखिएको छ ।
नर्सिङ, प्याथोलोजी, फार्मेसी तथा अन्य पारामेडिक्स क्षेत्रमा रोजगारी पाउन फलामको चिउरा चपाए सरह छँदै छ तर ६० लाख रुपियाँभन्दा बढी खर्च गरेर एमबिबिएस पास भएका चिकित्सकसमेत बेरोजगार छन् ।
एमबिबिएस मात्र होइन, काठमाडौँ उपत्यकामा एमडी गरेका चिकित्सकसमेत बेरोजगार हुन थालेका छन् ।
गोरखापत्र दैनिकले काम पाए पनि तलब नभएको समाचार छापेको छ ।
वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले वीर अस्पतालमा एमडी गरेका डाक्टर रोजगारीका लागि आउने गरेको बताए । उनले दरबन्दीबाहेकका कुनै पनि डाक्टरलाई राख्न नमिल्ने भन्दै काठमाडौँ उपत्यकामा एमडी गरेका सयौँ डाक्टर बेरोजगार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०५ भदौ २०८१, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ विश्वविद्यालयका डाक्टरहरू सर्वोच्चमा
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
प्रहरी अस्पतालकी डाक्टर वैशाखदेखि सम्पर्कविहीन
नक्कली डाक्टर पक्राउ
इजरायलको जेलमा प्यालेस्टिनी डाक्टरको मृत्यु
‘अशक्त र असहायको उपचारका लागि घरघरमा डाक्टर कार्यक्रम’