चितवन । चितवनको खैरहनी नगरपालिकामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ ।
आज बिहान २: ४० बजे खैरहनी–८ बाबा पेट्रोलपम्प स्थित पूर्व–पश्चिम राजमार्गमा मनहरीबाट खोलेसिमलतर्फ आउँदै गरेको बागमती प्रदेश०३–००३ प ६३७ नम्बरको मोटरसाईकल दुर्घटनामा परेको थियो । दुर्घटना कसरी भयो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।
मोटरसाईकल दुर्घटना हुँदा लमजुङ राईनस नगरपालिका–६ धमेलीकुवा घर भई हाल रत्ननगर नगरपालिका–१५ खोलेसिमल बस्ने वर्ष ४३ को हेमन्त कुमार श्रेष्ठ गम्भिर घाइते भएका थिए । उनी इलाका प्रहरी कार्यालय मनहरीमा प्रहरी वरिष्ठ हवल्दार पदमा कार्यरत रहेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
गम्भिर घाईते श्रेष्ठको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा बिहान ३: १९ बजे मृत्यु भएको थियो । प्रहरीले मोटरसाइकल दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ भदौ २०८१, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुन २ गते त्रिशुलीमा खसेका रोहितको शव भेटियो
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एकजना गम्भीर घाइते
नवलपरासीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चन्द्रागिरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु