काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयअन्तर्गत सवारी चालक अनुमति पत्र एकान्तकुना कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सवारी चालक अनुमति पत्रको अभिलेख सच्चाउन सेवाग्राहीसँग २० हजार घुस लिएको उजुरीका आधारमा रेग्मीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।उनका अनुसार रेग्मीले घुस लिएको भीडियो एउटा टेलिभिजनमा समेत प्रसारण भएको थियो ।
सेवाग्राहीले चालक अनुमति पत्रको वर्ग थप गर्न दिएको प्रयोगात्मक परीक्षामा पास भए पनि सिस्टममा फेल देखिएपछि उक्त विवरण सच्याउन रेग्मीले घुस लिएको अख्तियारले जनाएको छ ।
रेग्मीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा २० हजार बिगो कायमगरी उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय दाबी गरिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ साउन २०८१, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुल निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका प्रमुख स्टोर सहायकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मालपोत कार्यालय महोत्तरीका खरिदार र लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा
पशु शाखा प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जनकपुर टुडेका प्रधान सम्पादक यादवसहित ३ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा कोशी अस्पतालका रेडियोग्राफरविरुद्ध भ्रष्टाचार मुद्दा