सुदूरपश्चिम प्रदेश

मुख्यमन्त्री शाहले पाए दुई तिहाइ सदस्यको विश्वासको मत

सफल खबर संवाददाता

बुधबार, ३० साउन २०८१, १९ : १२
मुख्यमन्त्री शाहले पाए दुई तिहाइ सदस्यको विश्वासको मत

धनगढी  ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् ।
प्रदेश सभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ बहुमत प्रदेश सभा सदस्यबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

सभामुख भीम बहादुर भण्डारीले मत विभाजन गर्दा विश्वासको मतमा ‘हुन्छ’ भन्ने पक्षमा ३६ जना र ‘हुन्न’ भन्ने पक्षमा ८ जनाले मत दिएको घोषणा गरे । भने १ जना प्रदेश सभा सदस्य तटस्थमा मतदान गरेका छन् । 
५३ सदस्यीय प्रदेश सभाको आजको बैठकमा जम्मा ४५ जना मात्रै उपस्थित रहेका थिए ।

मुख्यमन्त्री शाहको पक्षमा काँग्रेसको १८, एमालेको ११, नागरिक उन्मुक्ति पार्टीको ७ गरी ३६ जनाले मत दिएका थिए । भने माओवादी केन्द्र, एकीकृत समाजावादीले  विपक्षमा मतदान गर्ने निर्णय गरेका थिए ।

साउन २० गते मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री शाहको यो दोस्रो कार्यकाल हो ।

प्रतिक्रिया दिनुहोस