माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

सफल खबर संवाददाता

शनिबार, २६ साउन २०८१, १३ : ३६
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको छ ।

बैठकमा आज सदस्यहरूले वैचारिक, राजनीतिक र साङ्गठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन् । यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए ।साथै उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलहरूबिच भएको सहमतिबारे जानकारी गराएका थिए । 

प्रतिक्रिया दिनुहोस