काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सबैभन्दा बढी कैदी बन्दी जबरजस्ती करणीका रहेको बताएका छन् । आज (शनिबार) ‘टीआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धि: ऐन कार्यान्वयनमा द्वन्द्व पीडितहरूको सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै उनले बलात्कारका घटना बढेकाले यसको सजाय कम नहुने बताए ।
उनले भने, ‘कारागारमा सबैभन्दा बढी कैदी बन्दी जबरजस्ती करणीका छन् । रेप भनेको रेप नै हो । अरू अपराध भनेका कोही व्यक्ति विशेषका छन्, कोही समाज विरुद्धका अपराधहरू छन्, कोही राज्य विरुद्धका अपराध छन् तर बलात्कार भनेको त मानवता विरुद्धको अपराध हो ।
यी पीडाहरूलाई हामीले अलिकति अनुभव गरेर अगाडि बढ्न सक्यौँ भने बलात्कारलाई देशमा कम गर्न सक्छौँ ।
साथै उनले अहिलेको टीआरसी विधेयक पीडित मैत्री भएको बताए । उनले सबै पीडितलाई एक ठाउँमा लिएर समस्या समाधान गर्नुपर्ने बताए । यस्तै गृहमन्त्रीले कानुन जस्तोसुकै भए पनि कार्यान्वयन गर्ने निकाय सक्षम हुन आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ साउन २०८१, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विकास र समृद्धिका लागि दुई ठुला दलको सरकार बन्यो : गृहमन्त्री लेखक
छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउँछु : गृहमन्त्री लेखक
राष्ट्रियसभामा पनि बहुमत पुग्नेगरी छलफल भएको छ : गृहमन्त्री लेखक
प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन
ताप्लेजुङ घटनाबारे छलफल गर्न गृहमन्त्रीले बोलाए सांसद
सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि : गृहमन्त्री लेखक