काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडका संस्थागत लगानीकर्ताहरुले आगामी असोज ५ गतेदेखि दोस्रो बजारमा सेयर कारोबार गर्न पाउने भएका छन् । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै योग्य संस्थागत लगानीकर्ताहरुलाई बाँडफाँड गरिएको २४ लाख कित्ता सेयरको लक–ईन अवधि असोज ५ गते समाप्त हुने जनाएको हो ।
पहिलोपटक बुक विल्डिङ्ग प्रणालीमार्फत प्राथमिक सेयर (आईपीओ) जारी गरेको कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० लाख साधारण सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।
सोमध्येको ४० प्रतिशत अर्थात २४ लाख कित्ता सेयर कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरुलाई बिक्रीगरेको थियो । बुक विल्डिङ्ग निर्देशिका, २०७७ को दफा २५(ग) बमोजिम सेयर निष्काशन गरेको कम्पनीले उक्त सेयर खरिद बिक्री गर्न पाउने लक–ईन अवधि तोकेको थियो । सोही संस्थागत सेयरको लक–ईन अवधि सकिएको हो ।
यसैगरी सार्वजनिक निष्काशनको ५ प्रतिशत अर्थात १ लाख ५४ हजार २२७ कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरी कम्पनीले सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम सामूहिक लगानी कोषहरुको लागि छुट्टयाई बाँडफाँड समेत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ साउन २०८१, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट
शुक्रबार बाँडफाँट हुँदै सर्वोत्तमको आइपिओ
सर्वोत्तम सिमेन्टको आईपीओ बिक्री खुला