भारतको सिक्किममा भूकम्प, नेपालसम्म धक्का

सफल खबर संवाददाता

शुक्रबार, २५ साउन २०८१, ०९ : १०
भारतको सिक्किममा भूकम्प, नेपालसम्म धक्का

काठमाडौँ । भारतको सिक्किममा शुक्रबार बिहान भूकम्प गएको छ ।

भारतीय राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार सोरेङ जिल्ला केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । 
भूकम्पबाट कुनै पनि भौतिक र मानवीय क्षति भएको जानकारी नभएको टाइम्स अफ इन्डियाले जनाएको छ । 

यद्यपि भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न जिल्लामा समेत महसुस भएको थियो ।

प्रतिक्रिया दिनुहोस