देशका विभिन्न स्थानमा पाँच जना मृत फेला

सफल खबर संवाददाता

विहीबार, २४ साउन २०८१, १३ : ०४
देशका विभिन्न स्थानमा पाँच जना मृत फेला

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडास्थित महिला सामुदायिक वनमा गोदावरी नगरपालिका–११ लिउसन बस्ने ७९ वर्षीय नरी कामी बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

यता प्युठानको झिमरूक गाउँपालिका–३ कोटफेरा बस्ने ७३ वर्षीय हिरा सार्की सोही ठाउँस्थित कोठेभिर भन्ने स्थानमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । गत साउन १५ गतेदेखि घरबाट हिँडेकी उनको इलाका प्रहरी कार्यालय ओखरकोटबाट खटिएको प्रहरीले आफन्तको सहयोगमा खोजी गर्ने क्रममा शव फेला परेको हो । 

उता बाँकेको जानकी गाउँपालिका–४ किरणनाला खोलामा सोही गाउँपालिका–४ गौरीनगर बस्ने ५७ वर्षीय स्वर्ण सिंह थापा बुधबार मृत अवस्थामा फेला परेका छन् ।धनुषाको जनकपुर उपमहानगरपालिका–३ बेला बस्ने मोहमद मुसलीम लहेरीकी छोरी ८ वर्षीय सबना खातुन सोही ठाउँ स्थित पानी जमेको खाल्डोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

सिन्धुली, गोलन्जोर गाउँपालिका–७ सुनकोशी नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४१ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान  भइरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस