काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले सडक दुर्घटना न्यूनीकरण गर्नका लागि सबै उपायहरू अवलम्बन गर्ने बताएका छन् ।
मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा सिमलताल दुर्घटना अध्ययन गर्न गठित समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटना न्यूनीकरण गर्नका लागि सरकारले सबै उपायहरू अवलम्बन गर्ने बताएका हुन् । उनले सडक दुर्घटनाहरू निरन्तर भइरहेका भन्दै यस्ता दुर्घटनाहरू न्यूनीकरण गर्न आवश्यक भएको बताए ।
गृहमन्त्री लेखकले दुर्घटना हुन नदिने कुराको सुनिश्चितता गर्नु आवश्यक भएको भन्दै यसको निम्ति सरकारले सबै उपायहरू अवलम्बन गर्ने स्पष्ट पारे । उनले सिमलताल दुर्घटना सम्बन्धी प्रतिवेदन अध्ययन गरेर प्रतिवेदनमा उल्लेख भएका सबै सुझावहरूलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले सडक दुर्घटना न्यूनीकरणका लागि मन्त्रालय सँगसँगै अन्य निकायहरूको भूमिका हुने भन्दै सुझावलाई कार्यान्वयन गर्नका लागि मातहतका निकाय र सरोकारवाला निकायहरूलाई पत्राचार गर्ने जानकारी दिए ।
चितवनको भरतपुर महानगरपालिका २९ को सिमलताल भन्ने ठाउँमा गत असार २८ गते पहिरोमा परी दुई यात्रुवाहक बस बेपत्ता भएको थियो । काठमाडौँबाट गौरको लागि छुटेको गणपति डिलक्समा ३६ जना यात्रु रहेकोमा ३ जना यात्रु मात्रै जीवित रहेका थिए ।
त्यस्तै वीरगञ्जबाट काठमाडौँको लागि आउँदै गरेको एञ्जल डिलक्स बसमा ३६ जना यात्री रहेकोमा कोही पनि जीवित फेला परेका छैनन् । हालसम्म २४ वटा शव फेला परेकोमा १९ जनाको मात्र सनाखत भएको अवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ साउन २०८१, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यवस्थामाथि प्रहार गर्नेलाई क्षम्य हुँदैन : गृहमन्त्री लेखक
सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन
तीनकुने घटनाबारे गृहमन्त्री : संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयास
सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास क्षम्य हुन सक्दैन : गृहमन्त्री लेखक
राजावादी प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिन्छ : गृहमन्त्री
तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौँ : गृहमन्त्री