हिंसात्मक प्रदर्शनपछि हसिनाले छाडिन् प्रधानमन्त्री कार्यालय, प्रदर्शनकारी छिरे

एजेन्सी

सोमबार, २१ साउन २०८१, १५ : २४
हिंसात्मक प्रदर्शनपछि हसिनाले छाडिन् प्रधानमन्त्री कार्यालय, प्रदर्शनकारी छिरे

काठमाडौं । प्रदर्शनले उग्ररुप लिएपछि बंगलादेशी प्रधानमन्त्री शेख हसिना सुरक्षित स्थानतर्फ लागेकी छन् । उनी सैनिक हेलिकप्टरमा चढेर सुरक्षित स्थानमा लागेको भिडिओ भाइरल भएको थियो । तर, त्यो भिडिओ अहिले हटाइएको छ ।

बंगलादेशको अखबार डिली स्टारका अनुसार हसिना प्रधानमन्त्री कार्यालय गोनो भवनबाट सुरक्षित स्थानतर्फ गरेको बताएको छ । तर, राजीनामा दिएर हो वा नदिइकन भने खुलाइएको छैन ।

आज ३ बजे बंगलादेशका सेनापतिले देशको नाममा सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । जुलाई १५ बाट कोटा बिरोधी आन्दोलनमा ३०० बढीको ज्यान गइसकेको छ भने आइतबार एकै दिन ९० जनाको ज्यान गएको थियो ।

त्यस्तै, प्रधानमन्त्री कार्यालय गोनो भवनमा प्रदर्शनकारीहरु प्रवेश गरेका छन् । स्थानीय समयअनुसार दिउँसो ३ बजे प्रदर्शनकारीहरु प्रधानमन्त्री कार्यालयमा प्रवेश गरेका डेली स्टारले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस