जनगुनासोलाई तत्काल सम्बोधन गर्न मन्त्री भट्टराईको आग्रह

सफल खबर संवाददाता

आइतबार, २० साउन २०८१, १५ : १७
जनगुनासोलाई तत्काल सम्बोधन गर्न मन्त्री भट्टराईको आग्रह

कास्की। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सार्वजनिक सेवा प्रवाहका क्रममा आउने जनगुनासोलाई तत्काल सुन्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेकी छिन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीको संयोजनमा आज जिल्लास्थित कार्यालयका प्रमुखहरूसँगको भेट तथा अन्तरक्रियामा मन्त्री भट्टराईले जनगुनासोलाई तत्काल सुन्दै त्यसको समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताइन् ।

जनगुनासो एवं समस्यालाई तत्काल सुनिदिने अभ्यासले सेवाग्राहीमा राज्य एवं सरकारप्रतिको आशा विश्वास बढाउने उल्लेख गरिन् । उनले उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्दै समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिइन् ।

सरकारी काम कारवाहीमा पारदर्शिता अपरिहार्य भएको उल्लेख गर्दै मन्त्री भट्टराईले त्यसले हरेक काममा सहजता ल्याउने धारणा राखिन् ।सरकारी जागिरलाई केबल व्यक्तिगत सुविधाको रुपमा भन्दा पनि यसलाई जनताको सेवा प्रवाहसँग जोड्नु आवश्यक हुने उनको भनाइ थियो ।

 

 

 

 

 

शिक्षा क्षेत्र समाजको हरेक क्षेत्रसँग जोडिने र यसलाई समयानुकूल र व्यवस्थित बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको मन्त्री भट्टराईले बताइन् ।विद्यमान ऐन नियमलाई समय सापेक्ष बनाउँदै अघि बढ्नु आवश्यक रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस