ओलम्पिकमा फ्रान्सले अर्जेन्टिनालाई हराएपछि झगडा

एजेन्सी

शनिबार, १९ साउन २०८१, ०८ : १३
ओलम्पिकमा फ्रान्सले अर्जेन्टिनालाई हराएपछि झगडा

एजेन्सी ।  पेरिस ओलम्पिकमा फ्रान्सले अर्जेन्टिनालाई हराएपछि झगडा भएको छ । एजेन्सीहरुका अनुसार फ्रान्सेली पुरुष फुटबल टोलीले क्वार्टरफाइनलमा अर्जेन्टिनालाई १-० ले हराएपछि झगडा सुरु भएको थियो । 
खेलको अन्तिम सिट्टी पछि, दुई राष्ट्रका खेलाडी र प्रशिक्षकबीच झगडा सुरु भयो ।  जवकि निहुँ भने पुरानो हो । कोपा अमेरिका जितेपछि अर्जेन्टिनी एक खेलाडीले फ्रान्सेली खेलाडीहरूप्रति जातीय नारा गाउँदै रेकर्ड गरेको भिडियोमा सार्वजनिक भएको थियो। 
सो घटनापछि दुई राष्ट्रले खेलेको यो पहिलो पटक थियो। यसैबीच फ्रान्सका मुख्य प्रशिक्षक थियरी हेनरीले घटनाबारे माफी मागेका छन्।

'हामी यो खेललाई बदलाको रूपमा लिदैनौं किनभने विश्वकप अन्य टोलीहरूसँग थियो,' फ्रान्सेली फुटबल आइकनले अर्जेन्टिना रिपोर्टर ग्यास्टन एडुल मार्फत भने, 'अन्तिम गडबडीको लागि माफी चाहन्छु। यो मैले चाहेको होइन र मैले यसलाई नियन्त्रण गर्न सकिन।'
यो नतिजासँगै फ्रान्सले सेमिफाइनलमा इजिप्टसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस