जापानका सांसदहरू नेपाल भ्रमणमा

सफल खबर संवाददाता

बुधबार, १६ साउन २०८१, १९ : २५
जापानका सांसदहरू नेपाल भ्रमणमा

काठमाडौँ । जापानको प्रतिनिधि सभाका चार सदस्यले नेपाल भ्रमण गरेका छन् । ‘स्ट्यान्डिङ कमिटी अफ जुडिसियल अफियर्स’ का अध्यक्ष ताकेबे अर्ताको नेतृत्वमा उनीहरूले साउन १२ देखि १५ सम्म नेपाल भ्रमण गरेका हुन् ।

उक्त टोलीका सदस्यहरूमा मकिहारा हिदेकी, मिचिसिता दाइकी र ओगुची योसिनोरी रहेका थिए । केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनेपछि जापानबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

भ्रमण टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेको थियो । त्यसै गरी, उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि भेटवार्ता गरेको थियो ।