काठमाडौ । आर्थिक वर्ष २०७९/८० मा लोक सेवा आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल स्वास्थ्य मेडिसियन नेफ्रोलोजी, मेडिसिन कार्डियोलोजी, मेडिसियन पल्मोलोजी प्रमुख कन्सल्टेन्ट न्युरो सर्जन, आयुर्वेदतर्फको कौमारभृत्यलागयतका पदमा कुनै पनि दरखास्त नै परेनन् । आन्तरिक र समावेशी गरी ४६ वटा ती पदमा दरखास्त नपरेका हुन् ।
त्यसअघि आर्थिक वर्ष २०७८/७९ मा नेपाल इन्जिनियरिङ सेवाको माइनिङ इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, इन्जिनियरिङ मेट्रोलोजी पदमा गरी ४३ पदमा पनि दरखास्त परेका थिएनन् ।
त्योभन्दा पनि अघिल्लो आव २०७७/७८ मा स्वास्थ्य सेवाका कन्सल्टेन्ट प्लास्टिक सर्जन, कन्सल्टेन्ट हेमाटोलोजिस्ट सर्जनलगायत ७७ पदमा पनि दरखास्त नपरेको लोक सेवा आयोगले जनाएको छ । लोक सेवाको वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार आयोगले हरेक वर्ष सार्वजनिक गर्ने विभिन्न प्राविधिक सेवाका पदमा कुनै पनि दरखास्त पर्दैनन् । आयोगले सार्वजनिक गर्ने विज्ञापनसँग सम्बन्धित विषयका दक्ष जनशक्ति बजारमा नहुने र भइहाले पनि अध्ययनलगत्तै ती जनशक्ति बिदेसिने भएकाले धेरै प्राविधिक सेवाका पदमा दरखास्त नपरेको अनुमान आयोगको छ ।
लोक सेवा आयोगका प्रवक्ता गीताकुमारी होमेगाईले दरखास्त नपर्नेमा नेपाल इन्जिनियरिङ र स्वास्थ्य सेवाका प्राविधिक पद सबैभन्दा धेरै रहेको बताए । गोखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १६ साउन २०८१, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविमा प्राध्यापक पदपूर्तिको विज्ञापन खारेज गर्न माग
४५७ विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला
गण्डकीको लोकसेवा आयोगले खोल्यो एकैपटक हजार कर्मचारीको विज्ञापन