काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० जनामा हैजा पुष्टि भएको जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले साउनयता काठमाडौँ, ललितपुर र कैलालीका २० जनामा हैजा पुष्टि भएको जनाएको हो ।
गर्मी तथा वर्षायाममा विशेष गरी झाडापखालाका, हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा सजग र सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ ।
‘रोगीको मलमूत्रबाट पानीको मुहानलाई जोगाउनु पर्दछ । झिँगा लागेको, वासी, सडेगलेका, नपाकेका, चिसिएको खुला स्थानका खाद्यपदार्थ खानु हुँदैन । पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाइ (विशेष गरी हातको सरसफाइ) तथा खानेकुराको सरसफाइलाई विशेष ध्यान पुर्याउनुहुन साथै समुचित चर्पीको प्रयोग र दिसा पिसाब गरिसकेपछि साबुन पानीले मिची मिची हात धुनुहुन सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौँ, ’विज्ञप्तिमा भनिएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ साउन २०८१, २० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुरुमै औषधी सेवन गरे हात्तीपाइले रोगबाट बच्न सकिन्छ : स्वास्थ्य मन्त्रालय
जलनको निःशुल्क उपचार सेवा आवश्यक पर्नेलाई मात्र दिइन्छ : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य मन्त्रालयमा आवश्यक स्वास्थ्य जनशक्ति थप्ने बाटो खुल्यो
एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयले थाल्यो जनसंख्या नीति परिमार्जनका लागि प्रक्रिया
स्वास्थ्य मन्त्रालयमा विज्ञ सल्लाहकार समिति गठन