नेपालले विभिन्न देशलाई बाघ उपहार दिनसक्छ : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

सोमबार, १४ साउन २०८१, २१ : ०३
नेपालले विभिन्न देशलाई बाघ उपहार दिनसक्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले छिमेकी देशहरूलाई बाघ उपहार दिन सक्ने बताएका छन् ।

वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहलमा सोमबार आयोजना गरेको अन्तर्राष्ट्रिय बाघ दिवस कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

बालबालिकाले राखेको प्रश्नमा ओलीले बाघको विकास आवश्यक भएको तर त्यो निश्चित क्षेत्रभित्र हुनुपर्ने बताए ।

नेपालले चीनलाई भद्र र रुपसी, मितिनी र सोल्टी उपहार दिएको उदाहरण दिँदै ओलीले भने, ‘म चीन जाँदा हाम्रा गैंडाको स्वास्थ्यबारेमा सोध्छु । भद्रको निधन भएको छ । अब अर्को दिनुपर्छ होला ।’

प्रतिक्रिया दिनुहोस