उपेन्द्र यादव फिलिपिन्स जाँदै

सफल खबर संवाददाता

आइतबार, १३ साउन २०८१, १४ : ४०
उपेन्द्र यादव फिलिपिन्स जाँदै

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव फिलिपिन्स भ्रमणमा जाने भएका छन् । एसियाली प्रजातान्त्रिक पार्टीहरुको सङ्गठन (सोकडेम एसिया प्यासिफिक) को जुलाई ३० तारिखमा हुन लागेको स्टेरिङ कमिटीको बैठकमा सहभागी हुन अध्यक्ष यादव आइतबार राति ११ः३० बजे फिलिपिन्स जान लागेका हुन् ।

भ्रमणमा अध्यक्ष यादवसँगै पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापासमेत सहभागी रहने छन् । अध्यक्ष यादवले ३१ जुलाईमा प्रोग्रेसिभ एलाइन्सको ग्लोबल कन्फेरेन्समा ‘वर्किङ फर अ न्यू प्रोग्रेसिभ एरा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

यादव त्यहाँको राजनीतिक दल अक्बायन सिटीजन एक्सन पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा समेत सहभागी हुने सो पार्टीको प्रचार प्रसार विभागले जनाएको छ । जसपा नेपाल सोकडेम एसिया प्यासिफिकको स्टेरिङ कमिटीको सदस्य रहेको  छ । अध्यक्ष यादव साउन १७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस