काठमाडौं। प्रधानमन्त्री केपी शर्माले ओलीले राष्ट्रिय योजना आयोगका नवनियुक्त पदाधिकारीहरूसँग भेट गरेका छन् । उनले सिंहदरबारमा आइतवार आयोजित मन्त्री र सचिवहरूसहितको बैठकमा छुट्टै भेट गरेका हुन् ।
मन्त्रिपरिषद् बिहीवार आयोगको उपाध्यक्षमा डा शिवराज अधिकारीलाई नियुक्त गरेको थियो । अधिकारी यसअघि आयोगका सदस्य थिए ।आयोगका सदस्यहरूमा डा. आरपी बिच्छा, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डन र गंगादत्त अवस्थी रहेका छन् ।
आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले उनीहरूबाट ब्रिफिङ सुनेर निर्देशन दिने उनको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री ओलीसँग सबै मन्त्री, सचिव तथा राष्ट्रिय योजना आयोगका पदाधिकारीको ‘ब्रिफिङ’ गरिरहेका छन् ।
बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सबै सचिव सहभागी छन् ।ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले सबै मन्त्रालयका मन्त्री एवं सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं सदस्यहरूलाई निर्देशन दिँदै छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ साउन २०८१, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षक र प्रधानमन्त्रीबीच कुरो मिलेन, आज पनि आन्दोलन जारी
प्रधानमन्त्रीद्वारा पुल्चोक-गोन्द्राङ-६ लेन सडकको उद्घाटन, देश विकासमा पूर्वाग्रह नराख्न आग्रह
सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता छैन: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली आज चितवन जाँदै
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन: प्रधानमन्त्री ओली
उपलब्धिहरूलाई आधार बनाएर उज्यालो भविष्यतर्फ अघि बढौँ: प्रधानमन्त्री