तिनाउमा डुबेर एक बालकको मृत्यु, एक जना बेपत्ता

सफल खबर संवाददाता

शनिबार, १२ साउन २०८१, ०८ : ४५
तिनाउमा डुबेर एक बालकको मृत्यु, एक जना बेपत्ता

बुटवल । बुटवलको  तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्।

बुटवल उपमहानगरपालिका-११ श्रृजनानगरमा आफन्तकोमा आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा शुक्रबार बगेका थिए । तीमध्ये बागलुङको बरेङका १२ वर्षीय विवश खत्रीको शव पौडी खेलेको स्थान भन्दा केही तल नदी छेउमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए ।

आफ्नी आमासँग सानी आमाको घरमा बुटवल सिर्जनानगर आएका  विवश खत्री र सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डे तिनाउ नदीमा बगेका हुन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार दुवै बालक दिदी बहिनीका छोराहरु हुन्। पौडी खेल्न गएका ३ जनामध्ये दुई जनालाई नदीले बगाएको देखेपछि सँगै गएका अर्का बालकले आफन्तलाई खवर गरेका थिए।

प्रतिक्रिया दिनुहोस