बबई सिँचाइको नहरले बगाउँदा तीन वर्षीया बालिकाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १४ भदौ २०८१, १० : ४१
बबई सिँचाइको नहरले बगाउँदा तीन वर्षीया बालिकाको मृत्यु

बर्दिया। बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारबर्दिया नगरपालिका–९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरी रहेकी छिन् ।बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गएराति  नहरको किनारमा बालिकाको चप्पल फेला परेको थियो ।

बालिकाको आज बिहान शव फेलापरेको बर्दिया जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

नहर किनारमा चप्पल फेलापरेपछि प्रहरीले बालिका नहरमा बगेको आशङ्कामा खोजी गर्दै जाँदा चप्पल भेटिएको स्थानबाट चार किलोमिटर पश्चिमतर्फ वडा नं ९ स्थित धोविनपुर भन्ने ठाउँमा बालिकाको शव भेटिएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस