मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २१ भदौ २०८१, ०८ : ४९
मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु

झापा । झापामा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ।

कनकाई नगरपालिका-५ चप्रामारीमा प्र १–०१–०१७ प ४३७० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु भएको हो।

सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मोटरसाइकलले बिहीबार साँझ ४ वर्षीय आर्यन टुडूलाई ठक्कर दिएको थियो। 

गम्भीर घाइते उनलाई बिर्ता सिटी अस्पताल बिर्तामोडमा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

ठक्कर दिने मोटरसाइकल चालक झापाकै झापा गाउँपालिका-२ का २४ वर्षीय वसन्त मुखियालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रतिक्रिया दिनुहोस