कारले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ११ साउन २०८१, १६ : ०३
कारले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु

चितवन । चितवनमा कारले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-७ प्रेमबस्ती निवासी ५० वर्षीय चण्डी प्रसाद अधिकारीको मृत्यु भएको हो ।

अधिकारीले चलाएको बागमती प्रदेश ०६–००३ प ६८३९ नम्बरको मोटरसाइकललाई भरतपुर–८ अशोकचोकमा गयराती ११ः५५ बजे बा.प्र.०१–०२७ च ५६१९ नम्बरको कारले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार कारको ठक्करबाट गम्भिर घाइते भएका अधिकारीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा बिहान ०२ः०७ बजे मृत्यु भएको थियो ।

मोटरसाइकललाई ठक्कर दिएर फरार रहेका भरतपुर–९ निवासी बिबस कटुवाल र कारलाई प्रहरीले भरतपुर- १० हाकिमचोकबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडी बढाएको छ ।