काठमाडौँ । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता भएको छ । सम्झौतासँगै अब एनसेलका बी२बी तथा बी२सी ग्राहकले सिम र डाटा खरिद गर्दा भिसा र मास्टर कार्ड प्रयोग गरी नबिल बैंकको पेमेन्ट गेटवे मार्फत रियल टाइम पेमेन्टको सुविधा पाउने भएका छन् ।
नबिल बैंकका एप प्रयोगकर्ताले पनि एनबैंक एप मार्फत एनसेलका सेवा खरिद गर्न सक्नेछन् । नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले र एनसेलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जाबर केयोमोवले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
नबिल बैंकका सिइओ ढुंगानाले यो सम्झौताले नेपालको डिजिटल यात्रामा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले दुई संस्था बिचको यो सहकार्यबाट ग्राहकले विशेष लाभ पाउने बताए ।
एनसेलका सिइओ केयोमोवले नबिल र एनसेलको सुमधुर सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा यस सुविधालाई थप परिष्कृत गर्ने बताए । अब एनसेलका ग्राहकले नबिलको पीओएस, पेमेन्ट गेटवे र एनबैंक गरी तीन वटै पेमेन्ट प्लेटफर्म प्रयोग गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ साउन २०८१, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिलाहरूको सशक्तीकरण र क्षमता अभिवृद्धिका लागि नबिल बैंकले गर्यो मार्च महिनामा ७ कार्यक्रम
नबिल बैंकबाट सीईओ ज्ञानेन्द्र ढुंगानाले दिए राजीनामा
नबिल बैंकको कल सेन्टरमा अब नि:शुल्क सम्पर्क गर्न सक्ने
नबिल बैंक आठौंपटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
२५ जिल्लामा ९२ स्थानको घरजग्गा लिलामी गर्दै नबिल बैंक
नबिल बैंकका दुई म्युचुअल फन्डको लाभांश घोषणा