टीआरसी कार्यदलको बैठक निष्कर्षविहीन, सोमबार फेरि बस्ने

सफल खबर संवाददाता

शुक्रबार, ११ साउन २०८१, १२ : १६
टीआरसी कार्यदलको बैठक निष्कर्षविहीन, सोमबार फेरि बस्ने

काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठकले सरोकारवालासँग थप छलफल गर्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले सरोकारवालासँग छलफल गरेर सोमबार बस्ने कार्यदलको सदस्य जनार्दन शर्माले जानकारी दिए ।

सैद्धान्तिक रूपले टुङ्ग्याउने सहमति भएको छ । नमिलेको विषयमा नेतृत्व समक्ष प्रतिवेदन बुझाउने गरी काम भइरहेको छ । व्यवहारिक रूपले शब्दहरू मिलाउने काम बाँकी छ । सरोकारवालासँग थप परामर्श गरेर सोमबार बस्ने गरी बैठक सकिएको छ’, बैठकपछि शर्माले भने । शर्माका अनुसार कानुन सचिव, आयोगका सचिव, महान्यायाधिवक्ता, कानुन मन्त्री लगायतको सहयोग लिइनेछ ।

प्रतिक्रिया दिनुहोस