ग्वार्कोको गेस्ट हाउसमा अचेत फेला परेकी युवतीको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ११ साउन २०८१, ११ : ५५
ग्वार्कोको गेस्ट हाउसमा अचेत फेला परेकी युवतीको मृत्यु

काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित एक गेस्ट हाउसमा अचेत अवस्थामा फेला परेकी युवतीको मृत्यु भएको छ । शुक्रबार बिहान ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा अचेत अवस्थामा भेटिएकी युवतीको उपचारका क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको हो ।

उनी गोदावरी नगरपालिका ८ डुकुछाप घर भइ हाल सातदोबाटो बस्दै आएका एक युवकसँग बुधबार गेस्ट हाउसमा आएकी थिइन् । तर, बिहानको समय युवती बेहोस भएपछि उपचारका लागि बी एण्ड बी अस्पतालमा लगिएपनि उनको मृत्यु भएको ललितपुर प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

प्रहरीका अनुसार युवतीसँगै रहेका युवकको पनि श्वास प्रश्वासमा समस्या आएको छ । प्रहरीको निगरानीमा उनको पनि बी एन्ड बी अस्पतालमै उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस