सिमलताल बस दुर्घटना : अध्ययन कार्यदलको समय थप्न प्रस्ताव

सफल खबर संवाददाता

विहीबार, १० साउन २०८१, १२ : ३५
सिमलताल बस दुर्घटना : अध्ययन कार्यदलको समय थप्न प्रस्ताव

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा दुई वटा बस दुर्घटना भएकोबारे अध्ययन गर्न गठित कार्यदलको समयावधि थप्न प्रस्ताव गरिएको छ ।

सह-सचिव छवि रिजाल नेतृत्वको कार्यदलले समय थप्न माग गरेर मन्त्रालयमा निवेदन पेस गरेको छ । समितिलाई यसअघि १० दिनको समय दिइएको थियो । कार्यदलको प्रस्ताव अनुसार आज त्यसबारे निर्णय गरिने छ ।

प्रतिक्रिया दिनुहोस