सिमलताल पहिरो अपडेटः २५ शव भेटिए, १७ जनाको सनाखत

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०८१, ०८ : २२
सिमलताल पहिरो अपडेटः २५ शव भेटिए, १७ जनाको सनाखत

काठमाडौँ। चितवनको सिमलताल पहिरोको कारण बगाएका दुई बसमा सवार यात्रुमध्ये हालसम्म २५ जनाको शव फेला परेको छ। जसमध्ये १७ जनाको सनाखत भएको प्रहरीले जनाएको छ।

गत असार २८ गते वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलताल त्रिशूली नदीमा पहिरोसँगै खसेका थिए।

शनिबारसम्म प्रहरीले ऋषिपाल साह, विकास परियार, रमितकुमार माझी, जयप्रकाश ठाकुर, सजाद अन्सारी, सुदिप विका, परमानन्द पण्डित, किशोरकुमार चौधरी, अशोक कुमार यादव, ऋषिकुमार सिंह, विवेककुमार, जितेन्द्र राम महरा, चन्द्रप्रभा कुमारी, अमृता कुमारी, तुल्सी दास, सनबाज अलाम, माइला भनिने राजेन्द्र लामिछानेको सनाखन गरेको छ। अहिलेसम्म शव भेटिएकामध्ये ६ पुरुष र दुई महिलाको भने सनाखत हुन नसकेको प्रहरीले बताएको छ।

बेपत्ता भएको बस तथा यात्रुको खोजीका लागि नेपाली सेना र नेपाल प्रहरीसमेत छिमेकी देशबाट आएका विज्ञ सक्रिय छन्। तर अहिलेसम्म दुवै बस फेला परेका छैनन्।

प्रतिक्रिया दिनुहोस