रवि लामिछाने पुगे बस दुर्घटनास्थल सिमलताल

सफल खबर संवाददाता

मंगलबार, ०१ साउन २०८१, १५ : २५
रवि लामिछाने पुगे बस दुर्घटनास्थल सिमलताल

काठमाडाैं। निवर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सिमलतालमा हराइरहेको बस र यात्रुको खाजी कार्यको निरीक्षण गरेका छन्। मंगलबार बिहान घटनास्थल पुगेर घटनाको विवरण एवं उद्दार कार्यका बारेमा जानकारी लिएका हुन्। सो क्रममा उद्दारकार्यका लागि सुरक्षाकर्मीसँग पर्याप्त दक्षता रहेपनि साधन श्रोत भने अझै अपुग देखिएको सुरक्षा निकायले जानकारी गराएका थिए।

लामिछानेले सिमलतालको अवस्थाका बारेमा आफूले वर्तमान गृहमन्त्रीलाई जानकारी गराउने बताए। प्राकृतिक प्रकोपको क्षति न्यूनीकरणका लागि कार्यविधि नै बनाएर विपतको तयारी गरेपछि सिमलताल घटना अप्रत्याशित रहेको उल्लेख गरे।

अन्य स्थानमा पूर्व तयारीका कारण यसपटक धनजनका क्षति कम भएको भन्दै प्रयाप्त नभएको उनको भनाइ छ। चितवनको भरतपुर महानगरपालिका २९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये अहिलेसम्म १५ जनाको शव भेटिएको छ।

असार २८ गते बिहान सिमलतालमा वीरगन्जबाट काठमाडौं आउँदै गरेको वागमती प्रदेश ०३-००६ ख १५१६ नं. र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३-००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो।

प्रतिक्रिया दिनुहोस