लुम्बिनी प्रदेश सरकारमा गुल्मीका तीन मन्त्री

सफल खबर संवाददाता

बुधबार, ०९ साउन २०८१, १३ : १९
लुम्बिनी प्रदेश सरकारमा गुल्मीका तीन मन्त्री

बुटवल। लुम्बिनी प्रदेश सरकारमा गुल्मीका तीन जना एकसाथ मन्त्री बनेका छन् ।एमालेबाट दिनेश पन्थी, भूमिश्वर ढकाल र कांग्रेसका धनेन्द्र कार्की मन्त्री बनेका हुन् ।

गुल्मी क्षेत्र नम्बर २ (१) बाट निर्वाचित पन्थी यस अघिल्लो सरकारमा पनि आन्तरिक मामिला तथा कानून मन्त्री थिए । कार्की गुल्मी क्षेत्र नम्बर १ (२) बाट निर्वाचित भएका हुन् ।

गुल्मीको कालीगण्डकीमा गाउँपालिकाको खडगकोटमा जन्मिएर त्यही राजनीति गरी बुटवल झरेका एमालेका ढकाल रुपन्देही क्षेत्र नम्बर ५ (१) बाट निर्वाचित बनेका थिए ।

उनी पनि यसअघि खानेपानी ग्रामीण तथा सहकारी विकास मन्त्री थिए ।पन्थी र ढकाल दोहोरिएर मन्त्री बनेका हुन् भने कार्की पहिलोपटक मन्त्री बनेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले शपथसँगै उनीहरूले पनि बिनाविभागीय मन्त्रीको शपथ लिएका छन् ।लुम्बिनीमा ९ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।

प्रतिक्रिया दिनुहोस