लुम्बिनी प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल

सफल खबर संवाददाता

विहीबार, ०६ असार २०८१, ११ : १८
लुम्बिनी प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल

बुटवल । लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटमाथि आजदेखि छलफल सुरु हुँदैछ । प्रदेश सभाको १४ औँ बैठकमा आज दिउसो १ बजे  आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्यायको वार्षिक अनुमान माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको  छ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले  बैठकमा बजेटमाथि छलफल सुरु हुने  बताए । यस्तै आजको बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन, २०८१ सभामा पेस गर्ने कार्यसूची रहेको छ ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–०८२ का लागि असार १ गते  ३८ अर्ब ९७ करोड ९५ लाख रुपियाँ बजेट छुटाएको थियो।

यसमध्ये  चालूतर्फ ११ अर्ब २५ करोड अर्थात २८ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब ५८ करोड अर्थात् ६३ प्रतिशत छुट्याइएको छ । वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड अर्थात् ८ प्रतिशत बजेट विनियोजन गरिएको अर्थ मन्त्री आचार्यले प्रदेशसभा जनाएका थिए। 

प्रतिक्रिया दिनुहोस