काठमाडौं। काभ्रेको पनौती नगरपालिका-७ स्थित एक घरमा जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पनौती बसपार्कनजिकै दुर्गा बहादुर घलानको घरमा जुवातास खेलिरहेका घलानसमेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई २३ हजार ३ सय ५५ रुपैयाँ र १ सय ६१ पत्ती ताससहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको ईटहरी उपमहानगरपालिका-८ शहीद टोल बस्ने पृथ्वीराज खड्काको घरमा जुवातास खेलिरहेको सात जनालाई पक्राउ गरिउको छ ।
सीआरभी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ६ सय ५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ साउन २०८१, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनलाइन जुवा खेलाएको आरोपमा ११ जना भारतीय नागरिक पक्राउ
जुवातास खेलेको आरोपमा १२ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ४२ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ७ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ