बाँकेमा एक जनाको डुबेर मृत्यु, ५ जना मृत फेला

सफल खबर संवाददाता

मंगलबार, ०८ साउन २०८१, १३ : ३२
बाँकेमा एक जनाको डुबेर मृत्यु, ५ जना मृत फेला

काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिका-५ लडिया घाटस्थित डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोरको मृत्यु भएको छ ।नेपालगन्ज उपमहानगरपालिका-६ फुल्टेक्रा बस्ने १५ वर्षीय भुपेन्द्र रानाको सोमबार दिउँसो मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

 

यसैगरी देशका विभिन्न स्थानमा ५ जना मृत फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।रौतहट, राजपुर नगरपालिका-६ राजपुर बस्ने नजबुल्लाहा मन्सुरीको छोरी १५ वर्षीया चाँदनी खातुन आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

धनुषा, सबैला नगरपालिका-८ ठिल्ला बस्ने जारिस राईनको छोरा ७ वर्षीय फैजान राईन सोही ठाउँस्थित पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-३ जमुनाघाडीस्थित खेतमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २९ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

बारा, कोल्हबी नगरपालिका-२ ककैया खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।कपिलवस्तु, महाराजगंज नगरपालिका-६ ठुलो बुटहनियामा सोही ठाउँ बस्ने ३० वर्षीया निर्मला कुर्मी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।  

 

प्रतिक्रिया दिनुहोस