काठमाडौं। गृहमन्त्री रमेश लेखकले छोराको प्रमाणपत्र समकक्षता प्रमाणीकरणका लागि ५ हजार घुस दिएको घटनाको छानबिन गर्न प्रहरीलाई निर्देशन दिएका छन् । घटनालाई गम्भीरतापूर्वक लिएको मन्त्री लेखकले बताए ।
मंगलवार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै लेखकले घुस बुझाएका सांसद वीरेन्द्र महतोसँग आफूले कुरा गरेको बताए ।‘छोराको सर्टिफिकेट सम्बन्धमा माननीय सदस्यले ५ हजार रूपैयाँ घुस दिनुपरेको भन्ने सम्बन्धमा मैले व्यक्तिगत रूपमा सोधेर घुल माग्ने व्यक्ति चिनाइदिन आग्रह गरेको छु,’ मन्त्री लेखकले संसदमा भने, ‘तत्काल छानबिन गर्नका लागि प्रहरीलाई निर्देशन दिइएको छ । सरकारले गम्भीरतापूर्वक लिएको छ ।’
यसअघि जसपा नेपालका सांसद एवं पूर्वमन्त्री वीरेन्द्र महतोले आफूले छोरोको सर्टिफिकेट प्रमाणित गर्न शिक्षा मन्त्रालयअन्तर्गत सानोठिमीको एक कार्यालयमा ५ हजार रुपैयाँ घुस दिएको आइतवार संसदमा बताएका थिए ।
मंगलवारको बैठकमा कांग्रेस सांसद राजन केसीले यति गम्भीर विषयमा सरकारलाई जवाफका लागि रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ साउन २०८१, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यवस्थामाथि प्रहार गर्नेलाई क्षम्य हुँदैन : गृहमन्त्री लेखक
सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन
तीनकुने घटनाबारे गृहमन्त्री : संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयास
सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास क्षम्य हुन सक्दैन : गृहमन्त्री लेखक
राजावादी प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिन्छ : गृहमन्त्री
तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौँ : गृहमन्त्री