जुम्लामा ११ दिनको सुत्केरी र कुर्न आएकी बहिनीको निसास्सिएर मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०८ साउन २०८१, १२ : ००
जुम्लामा ११ दिनको सुत्केरी र कुर्न आएकी बहिनीको निसास्सिएर मृत्यु

सुर्खेत । जुम्लामा आगोको धुवाँले निसास्सिएर दिदीबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा पातारासी गाउँपालिका–६ बाँता भन्ने गाउँकी २२ वर्षीय मायालक्ष्मी महतारा र उनकी १९ वर्षीय बहिनी जुनमाया रोकाया रहेका छन् ।

मायालक्ष्मी ११ दिनको सुत्केरी हुन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख छेदीलाल कामतीका अनुसार बच्चालाई सेक्नका लागि घरमा आगो बालिरहेको रहेछन् । उक्त आगोको धुवाँले निसास्सिएका थिए ।

घाइते अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको कामतीले  बताए ।

उनका अनुसार दिदीको सोमबार र बहिनीको मंगलबार बिहान मृत्यु भएको हो । यस्तै ११ दिने बच्चाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । बच्चाको आइसियुमा राखेर उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस